नयाँ सत्ता समीकरण बने त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ : मुमाराम खनाल

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नयाँ सत्ता समीकरण बने त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ : मुमाराम खनाल

काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले नयाँ सत्ता समीकरण निर्माण भए त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभएको छ । 

कान्तिपुर समाचारसँग कुरा गर्दै खनालले राजनीतिक नीति, सिद्धान्त र उद्देश्य अनुरूप नचल्ने दलका शीर्ष नेताहरूले व्यक्तिगत स्वार्थमा निर्माण गर्ने सत्ता परिवर्तनले खासै अर्थ नराख्ने बताउनुभयो । राजनीतिक विश्लेषक खनालले पछिल्लो समय सत्ता परिवर्तनमा व्यापारिक पृष्ठभूमिका बिचौलिया हाबी हुन थालेको दाबी गर्नभयो । 

खनालले कांग्रेस र एमालेबीच निर्वाचन प्रणालीलाई लिएर सुरु भएको संविधान संशोधनको बहस सकारात्मक रहेको बताउनुभयो । हेर्नुहोस् पूरा अन्तर्वार्ता :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.