निर्वाचन प्रणाली र शासकीय स्वरूपप्रति एमालेको असन्तुष्टि

संविधान संशोधन गर्न प्रमुख दलहरुबीच समझदारी हुनुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ
असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन प्रणाली र शासकीय स्वरूपप्रति एमालेको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दलहरुबीच समझदारी गरेर संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । 

कान्तिपुर समाचारसँग आज कुरा गर्दै पोखरेलले निर्वाचन प्रणाली र शासकीय स्वरूपका विषयमा पनि आफ्नो दलको असन्तुष्टि रहेको बताउनुभयो । उहाँले निर्वाचन प्रणालीकै कारण कुनै पनि दलले बहुमत प्राप्त गर्ने अवस्था नरहेकाले मुलुकले राजनीतिक अस्थिरता भोगिरहेको दाबी गर्नुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने वा नहुनेबारे भने, त्यो उहाँको निजी कुरा रहेको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ । संविधानको व्यवस्था, पार्टीको विधान र अन्तर्राष्ट्रिय मूल्य-मान्यता जस्ता कुनै पनि कुराले भण्डारीलाई राजनीतिमा आउन नरोक्ने उहाँले स्पष्ट पार्नुभयो ।

वाम एकता र नेकपा ब्युँताउने कुराको चर्चा हुने गरे पनि अहिले त्यसको कुनै पनि सम्भावना नरहेको र एमाले त्यसको पक्षमा नरहेको पोखरेलको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.