महाधिवेशनले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : नरेश शाही (अन्तर्वार्ता)

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
महाधिवेशनले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : नरेश शाही (अन्तर्वार्ता)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेश शाहीले आज सुरु महाधिवेशनले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । 

कान्तिपुर समाचारमा कुरा गर्दै शाहीले माधव नेपाल र झलनाथ खनाल सम्मानित नेताको रूपमा रहेर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुको विकल्प नरहेको बताउनुभएको हो । शाहीले पार्टी राजनीतिक र वैचारिक रूपमा अस्पष्ट रहेको स्वीकार गर्नुभयो । जनताको बहुदलीय जनवादको सान्दर्भिकता सकिएकाले अब समाजवादी वैचारिक धारमा जानुपर्ने उहाँको तर्क छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.