गृहमन्त्री रविसँग बयान लिइने, प्रहरीको अनुसन्धानको पनि छानबिन हुने : ईश्वरी न्यौपाने

असार १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्री रविसँग बयान लिइने, प्रहरीको अनुसन्धानको पनि छानबिन हुने : ईश्वरी न्यौपाने

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष समिति सदस्य ईश्वरी न्यौपानेले अबको चरणमा गोरखा मिडिया सञ्चालकहरुमाथि छानबिन हुने बताउनुभएको छ ।

कान्तिपुर न्युजटकमा कुरा गर्दै छानबिन समिति सदस्य न्यौपानेले कार्यक्षेत्र र अध्ययनको चरण सकिएकाले अब शंकास्पद व्यक्ति र कम्पनीहरुसँग सोधपुछ सुरु हुने बताउनुभयो । उहाँले गोरखा मिडियामा सहकारीको रकम लगेर हिनामिना गरेको आरोपमा तत्कालीन सञ्चालक रवि लामिछानेसँग पनि सोधपुछ हुने बताउनुभयो ।

यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमाथि पनि छानबिनको तयारी समितिले गरेको छ । उहाँका अनुसार प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग गृहमन्त्री रवि लामिछानेको बचाउका बारेमा सोधपुछ गर्ने छ ।

न्यौपानेले संसदीय छानबिन समिति आफ्नो काममा स्पष्ट र सदस्यहरुबीच एकमत रहेकाले समयमै निष्पक्ष प्रतिवेदन आउने विश्वास पनि व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement