सांकेतिक भाषाका संकेतहरु कम हुँदा सञ्चार कार्यमा अवरोध भइरहेको छ : राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केसी

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सांकेतिक भाषाका संकेतहरु कम हुँदा सञ्चार कार्यमा अवरोध भइरहेको छ : राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केसी

काठमाडौं । 'साङ्केतिक भाषा अधिकारका लागि सङ्केत गरौँ' भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको सन् २०१७ डिसेम्बर १९ को ७२ औं महासभाले हरेक वर्षको सेप्टेम्बर २३ बहिरा नागरिकहरुको संचारको माध्यम साङ्केतिक भाषाको अधिकारलाई पहिचान गरी साङ्केतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको सन्दर्भमा कुरा गर्दै राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले बहिरा समुदाय राज्यबाट उपेक्षित रहेको गुनासो गर्नुभयो । बहिरा समुदायले प्रयोग गर्ने सांकेतिक भाषा कम हुँदा सञ्चारकार्यमा पनि अवरोध भइरहेको उहाँको भनाइ छ ।

बहिराहरुको पहिलो भाषा नेपाली साङ्केतिक भाषामा हालसम्ममा झन्डै सात हजार संकेतहरु विकास भएका छन् । शब्दकोश प्रकाशन तथा मोबाइल एप्लिकेसन पनि रहेका छन् ।

विस्तृत कुराकानी भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement