सत्तारुढ माओवादी सांसद भन्छन्- बजेटमाथिको छलफल औचित्यहीन [अन्तर्वार्ता]

जेष्ठ ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
सत्तारुढ माओवादी सांसद भन्छन्- बजेटमाथिको छलफल औचित्यहीन [अन्तर्वार्ता]

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमाथि छलफल चलिरहेको छ । तर, बजेट रातो किताबमा छापिएर आइसकेपछि हुने यस किसिमका छलफलको भने कुनै अर्थ रहँदैन ।

किनभने सांसदहरुले दिने कुनै पनि सुझाव बजेटमा समेटिँदैनन् र संशोधन गर्ने चलन पनि छैन । राज्यको स्रोत साधन खर्चिएर कैयौं दिनसम्म हुने संसद्‌को यो औचित्यहीन बहसलाई कहिलेसम्म निरन्तरता दिने ? प्रश्न उठ्न थालेको छ ।

संसद्, सांसदको समय, श्रम र भत्ता मात्र खर्च कहिलेसम्म गरिराख्ने ? संसद्‍मा एउटा सांसदको भूमिका कस्तो हुनुपर्छ ? सँगै समसामयिक राजनीतिक विषयमा माओवादीका सांसद एवं पूर्वमन्त्री महेन्द्रबहादुर शाहीसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.