एआई : वरदान कि अभिशाप ? (फायरसाइडमा कम्प्युटर वैज्ञानिक समीर मास्के)

चैत्र १२, २०८० |कान्तिपुर टीभी संवाददाता
एआई : वरदान कि अभिशाप ? (फायरसाइडमा कम्प्युटर वैज्ञानिक समीर मास्के)

के मानिसले सिर्जना गरेको प्रविधि मानिसकै लागि खतरा साबित हुन सक्छ ? आर्टिफिसियल इन्टेलिजेन्स, अर्थात् एआईले विश्व हल्लाएको समय छ ।

अबको विश्व एआई- कृत्रिम बौद्धिकताकै विश्व हो भन्न थालिएको छ । मानिसले नै आविष्कार गरेको एआई आजसम्म मानिसकै नियन्त्रणम छ तर के यो मानिसभन्दा निकै तेज, बुद्धिमान र शक्तिशाली हुन सक्छ ? के यो मानव सभ्यताकै लागि खतरा हुन सक्छ ? एआई मानव जातिका लागि संकट कि अवसर ? नेपालजस्तो देशले एआईबाट कसरी फाइदा लिन सक्छ ?

मानिसले जस्तै सोच्ने, मानिसले जस्तै लेख्ने-बोल्ने, सूचना र जानकारीबाट मानिसलाई नै सघाउने मात्र होइन, मानिसकै व्यवहारहरुलाई समेत विश्लेषण गर्नेसम्मका गतिविधिमा एआई प्रयोग हुन थालिसक्दा बिजुलीको आविष्कारले मानव समाजलाई कति परिवर्तन गर्‍यो ? त्यसभन्दा निकै धेरै परिवर्तन एआईले गर्न सक्ने देखिन्छ । तर विश्वप्रसिद्ध टेक उद्योगी एलन मस्क भन्छन्- कृत्रिम बौद्धिकताको साथमा हामी एक राक्षसलाई बोलाइरहेका छौं ।

त्यसो त वैज्ञानिकहरु एआईलाई मानवोचित बौद्धिकताको विकल्प नभई मानवकै सिर्जना र कौशल वृद्धि गर्ने प्रविधि मान्छन् । हुन पनि यो मानिसले आजसम्म आविष्कार गरेका प्रविधिहरु मध्येमै नवीन मात्र होइन, ऐतिहासिक पनि देखिन्छ । तर युवल नोह हरारीले भनेजस्तै कतै मानिसको सर्वोत्कृष्ट आविष्कार विनाशकारी हतियार त बन्दैन ? त्यसो हुन नदिन विश्वले र सरकारहरुले के गर्न सक्छन् ? नेपालजस्तो देशले एआईजस्तो प्रविधिबाट लाभ लिन सक्छ ? कसरी ?

फायरसाइडको आजको अंकमा रूपेश श्रेष्ठले कम्युटर वैज्ञानिक डा. समीर मास्केसँग यिनै विविध विषयमा कुराकानी गरेका छन् । डा. मास्के अमेरिकी कम्पनी फ्युजमसिनका संस्थापकसमेत हुन् ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement