काठमाडौं । सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा सहभागी भए पनि दुवैतर्फ अनपेक्षित परिणाम देखिएको छ । चासोपूर्वक हेरिएको कोशी प्रदेशमा सत्ता र प्रतिपक्षी दुवै गठबन्धनले अपेक्षा गरेभन्दा बाहिरको परिणाम देखिएको छ । त्यसोत संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रूपमा परिकल्पना गरेको छ । तर पछिल्लो समय राष्ट्रिय सभालाई प्रभावकारी बनाउन दलहरूले नै ‘योग्य’ प्रतिनिधित्व गराउन नसकेको भन्दै आलोचना हुन थालेको छ ।
भर्खरै सम्पन्न राष्ट्रियसभामा निर्वाचित सदस्यहरूमा पनि गत आम निर्वाचनमा पराजित, पटकपटक अवसर पाएका र नेतानिकट व्यक्तिहरू नै छन् । यसले राष्ट्रियसभाको गरिमा र महत्वलाई कस्तो असर पर्छ ? हालै सम्पन्न राष्ट्रियसभा निर्वाचनको राजनीतिक संकेत के ? भन्ने विषयमा सहकर्मी विकास थपलियाले कान्तिपुर समाचारमा राजनीतिक विश्लेष पुरुषोत्तम दाहालसँग कुराकानी गरेका छन् ।