फायरसाइडमा सीता गुरुङलाई प्रश्न- के मन्त्रीमण्डल हेरफेर हुन आँटेको हो ?

मंसिर ११, २०८०
फायरसाइडमा सीता गुरुङलाई प्रश्न- के मन्त्रीमण्डल हेरफेर हुन आँटेको हो ?

मुलुकमा सरकार छैन भनौँ भने छ । तर, नागरिकले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । महँगी, भ्रष्टाचार, अनियमितता र बेथितिको जालोले नागरिकलाई छपक्कै छोपिसक्दा पनि सरकारका तर्फबाट चालिनुपर्ने अत्यावश्यक कदमहरू चालिएका छैनन् । त्यसैले समाजमा निराशा छाएको छ र नागरिकमा आक्रोश पैदा भएको छ ।

यो आक्रोशको झिल्कोलाई डढेलोमा परिणत गर्न उद्धत समूह नागरिकमा व्याप्त निराशालाई हतियार बनाउन लागि परेका छन् । तर पनि सरकार उल्टै नागरिकका अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला हुन पाउने अधिकारलाई कुण्ठित गर्न लागि परेको छ । लाग्छ- उसका प्राथमिकता नागरिकलाई राज्यको उपस्थितिको आभास गराउने भन्दा पनि आफूविरुद्ध उठ्ने आवाजलाई दबाउने हो ।

सरकार किन यसरी कानमा तेल हालेर बसेको छ ? नागरिक र उनीहरूका समस्या सरकारको प्राथमिकतामा किन परेको छैन ? सरकार हुनु भनेको केही मन्त्रीहरूले राष्ट्रिय झन्डा फहराएर हिँड्नु मात्रै हो ? सरकारमा सामेल मन्त्रीहरूको कार्य सम्पादनलाई लिएर सत्तारुढ दलमै किन बढ्दै छ असन्तुष्टि ? के मन्त्रीमण्डल हेरफेर हुन आँटेको हो ? यी र यस्तै प्रश्नको जवाफ आजको फायरसाइडमा खोज्ने छौँ । प्रस्तुत छ कान्तिपुर टेलिभिजनका लागि पवन आचार्यले सहरी विकासमन्त्री सीता गुरुङसँगको कुराकानी :