कान्तिपुर सरोकार : के के छन् बास्केटबल खेल क्षेत्रका समस्या ?

भाद्र १२, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर सरोकार : के के छन् बास्केटबल खेल क्षेत्रका समस्या ?

काठमाडौं । नेपालमा बास्केटबल निकै लोकप्रिय छ । स्कुल-कलेज तहमा त बास्केटबल १ नम्बर खेल हो । युवा पुस्तामाझ यति लोकप्रिय भइसक्दा पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बास्केटबलको सहभागिता र उपलब्धि त्यत्ति उल्लेखनीय छैन । यो खेल व्यावसायिक बन्न नसक्दा खेलाडी राष्ट्रिय टिमसम्म नपुगी पलायन भइरहेका छन् ।

बास्केटबल सङ्घ स्थापनाको दुई दशकसम्म पनि यो खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता र उपलब्धि भने निराशाजनक छ । सङ्घले वर्षमा एकाध प्रतियोगिता आयोजना गर्छ,  त्यही आधारमा खेलाडीले आफूलाई प्रस्तुत गर्नुपर्ने बाध्यता छ । 

यसबीच बास्केटबल सङ्घले असोज १२ देखि २७ गतेसम्म नेपालमै पहिलो पटक फ्रेन्चाइज राष्ट्रिय बास्केटबल लिग एनबीएल आयोजना गर्दैछ । जसमा दुई कलेजसहित ८ टीम सहभागी हुँदै छन् ।

बास्केटबल खेल क्षेत्रका समस्या के के छन् ? खेलाडीका गुनासा कस्ता ? ‘बास्केटबल लिग’ले यो खेल क्षेत्रमा पार्ने प्रभाव कस्तो ? लिगको निष्पक्षता र निरन्तरताका आधार के छ ? नेपाली बास्केटबलको अपेक्षाकृत विकास हुन नसक्नुका कारण के हो ? विद्यालय र कलेज तहमै सीमित बास्केटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन के गर्ने ? सङ्घ स्थापनाको २२ वर्षसम्म पनि आफ्नै कोर्टसम्म बन्न नसक्नुको कारण के हो ? कस्तो छ बास्केटबलमा स्कोप ? सरोकारको आजको अंकमा हामी यिनै विषयमा बहस गर्दै छौँ ।

सरोकारको यस भागमा बहस गर्न हामीले स्टुडियोमा निम्त्याएका छौँ- नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, राष्ट्रिय बास्केटबल टिमकी खेलाडी एवं चीनको हाङजोउमा हुने १९ औँ एसियाली खेलकुदमा सहभागिता लागि नेपालको महिला थ्री बाई थ्री बास्केटबल टिमकी कप्तान श्रेया खड्का र लिग आयोजक डिजिफाईका सिईओ उकेश लोहनी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.