अंग्रेजी जान्दैमा दुर्घटनाको अनुसन्धान हुँदैन : वाइके भट्टराई

माघ १, २०७९
अंग्रेजी जान्दैमा दुर्घटनाको अनुसन्धान हुँदैन : वाइके भट्टराई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भरेको यति एयरलाइन्सको विमान दुर्घटना पर्‍यो । विमानमा सवार ४ जना चालक दलका सदस्य र ६८ यात्रुमध्ये कसैको पनि जीवितै उद्धार गर्न सकिएन । दुर्घटनालगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्यो र बैठकले दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ । आयोगले ४५ दिनभित्र प्रतिवेदन बुझाउने समय पाएको छ । 

यसैबीच मौसम पनि खराब नभएकाले विमान कसरी दुर्घटनामा पर्‍यो भन्ने प्रश्न उब्जेको छ । यो मात्र होइन, नेपालको उडान किन असुरक्षित हुँदै गएको हो ? के पोखरा विमानस्थल उडानका लागि अयोग्य छ ? नेपालका दुर्घटनामा किन पाइलटको दोष बढी देखिन्छ ? यस्ता अनेक प्रश्नहरू यतिबेला चर्चामा छन् । आखिर के कारण नेपालले यस्ता विमान दुर्घटना बेहोर्नु परेको हो ? 

यिनै विषयमा केन्द्रित रहेर कान्तिपुर समाचारमा सहकर्मी विनय कुमारले सिनियर पाइलट युवराजकुमार भट्टराईसँग कुराकानी गरेका छन् ।