
काठमाडौं । दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन हीलाई २० महिनाको जेल सजाय सुनाएको छ ।
विवादास्पद युनिफिकेसन चर्चबाट घुस लिएको अभियोगमा किमलाई बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले फैसला सुनाएको बीबीसीले जनाएको छ। ५२ वर्षीया किमले युनिफिकेसन चर्चबाट करिब ५६ हजार अमेरिकी डलर बराबरका उपहार प्राप्त गर्नुभएको थियो ।
उहाँले लिएको उपहारमा ग्राफ ब्रान्डको हीराको हार र थुप्रै च्यानेल ह्यान्डब्यागहरू थिए। अदालतले उहाँलाई अब १ करोड २८ लाख ५० हजार कोरियाली मुद्रा फिर्ता गर्नुपर्ने आदेश दिएको छ। किममाथि युनिफिकेसन चर्चका अनुयायीहरूलाई आफ्ना पतिको कन्जरभेटिभ पिपुल पावर पार्टीमा भर्ती गराएको तथा सरकारी जागिर लगाइदिएको बदलामा उपहार लिएको अभियोग पनि छ। तर, उक्त अभियोगमाथि भने सुनुवाइ हुन बाँकी छ।
तर, अदालतले उहाँलाई सन् २०२२ को राष्ट्रपति चुनावअघि बिचौलीयाबाट निःशुल्क जनमत सर्वेक्षण प्राप्त गरेको आरोपबाट भने सफाइ दिएको छ। उक्त चुनावमा उनका युन सुक योल विजयी हुनुभएको थियो । यद्यपि, उहाँलाई यसअघि नै ‘सैन्य कानुन’ घोषणामा शक्तिको दुरुपयोग गरेको र न्यायमा अवरोध गरेको भन्दै पाँच वर्षको जेल सजाय भइसकेको छ।