
काठमाडौं । पछिल्लो तीन दिनदेखिको भारी हिमपातका कारण अमेरिकाको जनजीवन प्रभावित भएको छ ।
५० राज्यमध्ये ३० वटा राज्यमा भारी हिमपात, हिमआँधी, बरफ र बर्सात्का कारण जनजीवन प्रभावित भएको हो ।जनजीवन प्रभावितसँगै प्रतिकूल मौसमको पूर्वअनुमान गर्दै १७ वटा राज्यले आपतकालीन अवस्था घोषणा गरेका छन् भने फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले तय भइसकेका तीन दिनसम्मका उडान रद्द गरेको छ । ए
फएएले ३० राज्यमा उडान हुने तीन दिनसम्मका ८ हजार ३ सय बढी उडान रद्द गरेको हो । राजधानी वासिङ्टन डीसीसँगै अलाबामा, अर्कान्सस, जर्जिया, क्यानसस, केन्टकी, लुजियाना, मेरिल्यान्ड, मिसिसिपी, मिसौरी, न्युजर्सी, न्युयोर्क, नर्थ क्यारोलाइना, पेनसिल्वेनिया, साउथ क्यारोलाइना, टेनेसी, टेक्सस र भर्जिनिया राज्यले आपतकालीन अवस्था घोषणा गरिसकेका छन् ।
अमेरिकाका ३० वटा राज्यमा निरन्तर हिमपातसँगै आँधी, वर्षाका कारण १८ करोड मानिस प्रभावित हुन सक्ने द नेसनल वेदर सर्भिस (एनडब्लूएस) ले जनाएको छ । हिमपातसँगै तापक्रम माइनसमा झर्ने हुनाले सवारीसाधन चलाउन, हिँडडुल गर्न, प्रतिकूल मौसमबाट बच्न र समयमै सुरक्षित रहन एनडब्लुएसले अनुरोध गरेको छ ।
निरन्तर तीन दिनमा न्युयोर्क, वासिङ्टन डीसी, बोस्टन, मेरिल्यान्ड राज्यमा ८ देखि १२ इन्चसम्म हिमपात भएको छ । स्थानीय समयअनुसार शनिबार दिउँसोसम्म स्नोसेन्ट लुइसबाट, इन्डियानापोलिस हुँदै, सिनसिनाटी, चार्ल्सटन, वस्ट भर्जिनियासम्म हिमपात र टेक्सस, लुइसियाना, मेम्फिस, टेनेसी, नर्थ क्यारोलिनामा हिउँ मिश्रित बर्षात हुने अनुमान गरिएको छ ।