दोस्रो कार्यकालको पहिलो वर्ष सानदार रहेको ट्रम्पको दाबी

आप्रवासन, आर्थिक वृद्धि र विदेश नीतिमा उल्लेख्य सुधार गरेको भनाइ
माघ ७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
दोस्रो कार्यकालको पहिलो वर्ष सानदार रहेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । 

उहाँले २० जनवरी २०२५ मा दोस्रो कार्यकालको सपथ लिनुभएको थियो । झन्डै १ घन्टा ४० मिनेटसम्म आफ्ना कार्यकालका उपलब्धीहरूको चर्चा गर्दै उहाँले पहिलो वर्ष निकै सानदार रहेको दाबी गर्नु भएको हो । आप्रवासन, अमेरिकाको आर्थिक वृद्धि, व्यापार, विदेश नीतिमा उल्लेख्य सुधार गरेको उहाँको दाबी छ । 

यद्यपि पछिल्लो समय पश्चिमा देश तथा युरोपेली सहयोगीहरूसँग ट्रम्पको सम्बन्ध बिग्रिएको छ । ग्रिनल्यान्डलाई जसरी पनि अमेरिकामा गाभ्ने योजना अघि सारेपछि उनीसँग युरोपेली देशहरू चिढिएका हुन् । ट्रम्पले यसअघि सामाजिक सञ्जालमा शेयर गरेको एउटा एआई निर्मित तस्बिरमा क्यानेडा, ग्रिनल्यान्ड र भेनेजुएलाको नक्सामा अमेरिकाको झन्डा पोतिएको थियो । अर्को पोस्टमा ग्रिनल्यान्डमा अमेरिकाको झन्डा फहर्राएको देखिएको थियो ।

न्युज ब्रिफिङका क्रममा ट्रम्पले ग्रिनल्यान्डमा आफूले अघि बढाएको दबाब रणनीति सफल हुने आशा समेत व्यक्त गर्नुभयो । ट्रम्पले नाटोको सुदृढीकरणमा आफूले भूमिका खेलेको दाबी समेत गर्नुभएको छ ।