
काठमाडौं । भारत महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ ।
बारामतीमा उहाँ सवार विमान दुर्घटनामा परेको हो भारतीय अधिकारीहरूले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार मुम्बईबाट एक निजी विमानबाट पवार बारामती जाँदै हुनुहुन्थ्यो । बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको बताइएको छ । विमानमा अजीतका साथै उहाँका पर्सनल असिस्टेन्ट, सुरक्षाकर्मी र विमान दलका सदस्य थिए । सवार सबैको मृत्यु भएको बताइएको छ ।