थाइल्यान्डद्वारा पक्राउ परेका १८ कम्बोडियाली सैनिक रिहा

पुस १६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
थाइल्यान्डद्वारा पक्राउ परेका १८ कम्बोडियाली सैनिक रिहा

काठमाडौं । थाइल्यान्डले गत जुलाईमा भएको युद्धका क्रममा पक्राउ परेका १८ कम्बोडियाली सैनिकहरुलाई रिहा गरेको छ। 

गत शनिबार भएको युद्धविराम कार्यान्वयनका क्रममा थाइल्यान्डले सैनिक हस्तान्तरण गरेको हो । सैनिकहरूलाई सीमा चौकीबाट सुरक्षा दिँदै कम्बोडियाली अधिकारीहरूलाई हस्तान्तरण गरिँदा शुभेच्छुकहरूले स्वागत गरेका थिए । कम्बोडियाई रक्षा मन्त्रालयले यो कदमले पारस्परिक विश्वास निर्माण गर्न मद्दत गर्नेमा आशावादी रहेको जनाएको छ ।

कम्बोडियाले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप थाइल्यान्डले लगाएपछि बन्दी हस्तान्तरण एक दिन ढिला भएको थियो । यसै महिनाको सुरूमा सीमामा भएको दुई पक्षीय झडपमा १ सयभन्दा बढीको मृत्यु भएको थियो भने दुबैतर्फ गरी १० लाख विस्थापित भएका थिए ।