
काठमाडौैं । भारतको कर्नाटकस्थित चित्रदुर्ग जिल्लामा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटना बुधबार राति करिब सवा २ बजेतिरको हो ।
बेङ्लुरुबाट गोकर्णतर्फ जाँदै गरेको बस र वितरीत दिशाबाट आउँदै गरेको ट्रक एक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको हो ।
बसमा ३२ जना पर्यटक रहेको र हालसम्म ११ जनाको शव पहिचान भएको बताइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।