
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउन जरुरी रहेको बताउनुभएको छ । बिहीवार त्रिभूवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको पनि बताउनु भयो । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको बताउनु भयो । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता वोध भएअनुसार यसबारे परामर्श र गृहकार्य भइरहेको बताउनु भयो ।
प्रधानमन्त्री कार्कीले उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।