
काठमाडौै । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले नेताहरुमाथि प्रतिवन्ध, अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गरेर समाजमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाउनु भयो ।
प्रधानमन्त्रीसहित राष्ट्रपतिसँगको छलफलमा आफूले एमाले निर्वाचन विरोधी नभई प्रतिगमन विरोधी भएको कुरा राखेको समेत उहाँले खुलाउनु भयो । अध्यक्ष ओलीले निर्वाचनको लागि वातावरण नबनेको कारण आफूहरु विघठित संसद पुनःस्थापनाको मुद्दामा अडिग रहेको समेत जिकिर गर्नुभयो । उहाँले पछिल्लो समय जेनजी काममा समाजमा भय र त्रास सिर्जना गर्ने काम गरिएको समेत टिप्पणी गर्नुभयो ।
जेन–जीका नाममा नवयुवाहरुको नाम बेचेर केही छट्टु टाठाबाठाहरुले खाइरहेको टिप्पणी समेत गर्नुभयो ।
यसैबीच सरकारले वातावरण बनाए निर्वाचनमा जान पार्टी तयार रहेको एमाले अध्यक्ष ओलीले बताउनुभएको छ । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन होस् भन्ने एमालेको चाहाना रहेको उहाँको भनाइ छ ।
सरकारले वातावरण बनाए निर्वाचनमा बहुमतसहित जित्ने दाबी पनि गर्नुभयो । एमाले परिस्थितिअनुसार अगाडि बढ्ने भन्दै निर्वाचनको वातावरण बनाउन सरकारले चासो नदेखाएको टिप्पणी समेत गर्नुभयो ।