
काठमाडौं । सदस्य राष्ट्रहरूबाट उठ्नुपर्ने रकम बढेर १ दशमलव ५९ ट्रिलियन डलर पुगेपछि संयुक्त राष्ट्रसंघले आफ्नो बजेट र कर्मचारी संख्यामा व्यापक कटौती गर्ने भएको छ।
महासचिव एन्टोनियो गुटरेसले आउने वर्ष आफ्नो बजेटमा १५ दशमलव १ प्रतिशत र कर्मचारी संख्या १८ दशमलव ८ प्रतिशतले कटौती गर्ने बताउनुभएको हो। आगामी वर्ष २०२६ का लागि बजेट घोषणा गर्दै गुटरेसले खर्च कटौतीको योजना सुनाउनुभएको भएको हो।
गुटरेलले आगामी वर्षका लागि ३ दशमलव २४ बिलियन डलरको बजेट घोषणा गर्नुभएको छ जुन यो वर्षका लागि तय बजेटभन्दा ५७७ मिलियनले कम हो । राष्ट्रसंघलाई संयुक्त राज्य अमेरिका, चीन र रूसजस्ता ठूला देशसहित मेक्सिकोले गर्नुपर्ने भुक्तानी अचाक्ली बढेको राष्ट्रसंघले जनाएको छ।
गुटरेसले प्यालेस्टाइनका लागि राष्ट्रसंघीय नियोगको बजेट र अफ्रिकाको विकास र पैरवी बजेटमा कुनै हेरफेर नहुने जानकारी दिनुभयो। तर विशेष राजनीतिक मिसनहरूको बजेटमा भने २१ दशमलव ६ प्रतिशतले कटौती हुनेछ । विभिन्न देशमा रहेका आफ्ना कार्यालय समेत बन्द गर्ने राष्ट्रसंघको योजना छ।