नाइजेरियामा २८७ सय भन्दा धेरै विद्यार्थीको अपहरण

मंसिर ६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
नाइजेरियामा २८७ सय भन्दा धेरै विद्यार्थीको अपहरण

काठमाडौं । अफ्रीकी मुलुक नाइजेरियामा २ सय ८७ सय भन्दा धेरै विद्यार्थीको अपहरण गरेका छन ।

त्यहाँको अपराधिक गिरोहले विद्यालयमा गएर विद्यार्थी तथा शिक्षकहरूलाई अपहरण गरेको हो । नाइजेरियामा बन्दुकधारीहरूले शुक्रबार उत्तर-पश्चिममा रहेको एक क्याथोलिक विद्यालयबाट विद्यार्थी र शिक्षकलाई अपहरण गरेका हुन । यो घटना पछि नाइजेरियाका ४७ विद्यालयहरू बन्द भएका छन । क्यानका नाइजर राज्य अध्यक्ष रेवरेन्ड बुलुस दाउवा योहान्नाले विद्यार्थी र १२ शिक्षकलाई आतंककारीहरूले अपहरण गरेका जानकारी दिए ।

ख्रीष्टियानहरूको हत्या रोक्न नाइजेरियाले कडा कदम नचाले "छिटो" सैन्य कारबाही गर्ने चेतावनी अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले दिएपछि नाइजेरियाको सुरक्षा अवस्था विशेष निगरानीमा छ। गत सोमबार मात्र केब्बी राज्यको एक बोर्डिङ विद्यालयबाट २५ छात्राहरू अपहरण भएको र क्वारा राज्यस्थित एक चर्चमा आक्रमण भएको समावेश छ।

प्रहरीले सुरक्षा निकायहरू अपहरण गरिएका विद्यार्थीहरूको उद्धार गर्ने उद्देश्यले खोजी कार्य जारी राखेको बताएको छ।