बिहारको मुख्यमन्त्रीमा नितीशकुमारको १० औं सपथ

मंसिर ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
बिहारको मुख्यमन्त्रीमा नितीशकुमारको १० औं सपथ

काठमाडौं । भारतको जनता दल युनाइटेड–जेडीयुका प्रमुख नितिश कुमारले १० औं पटक बिहारको मुख्यमन्त्री पदको सपथ लिनुभएको छ ।

हालै भएको विधानसभा निर्वाचनमा कुल २ सय ४३ सिटमध्ये राष्ट्रिय लोकतान्त्रिक गठनबन्धन–एनडीएले २ सय २ सिट जितेपछि जेडीयुका नेता नितिशकुमारले पुनः सरकारको नेतृत्व गर्नुभएको हो । ७४ वर्षीय नितिशकुमारले बिहारमा सन् २००० यता ९ पटकसम्म मुख्यमन्त्रीको पद सम्हालिसक्नु भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी तथा एनडीएका प्रमुख नेताहरुको उपस्थितिमा आज नितिशकुमारले मुख्यमन्त्रीको सपथ लिनुभएको हो । कार्यक्रममा भाजपाका नेताहरु सम्राट चौधरी र विजयकुमार सिन्हाले उपमुख्यमन्त्रीको सपथ लिएका छन् । बिहारमा २६ सदस्यीय मन्त्रिपरिषद् गठन भएको हो ।

बिहारमा एनडीएले जितेको २ सय २ मध्ये भाजपाले ८९ र जेडीयुले ८५ सिट जितेका हुन् । भारतीय कांग्रेससहितको महागठबन्धनले भने जम्मा ३५ सिट जितेको थियो ।

सन् २००४ यता बिहारमा तीब्र आर्थिक विकासको श्रेय नितिशकुमारलाई दिइन्छ । २००५ मा प्रतिव्यक्ति आय ८ हजार ७ सय ७३ रहेकोमा २०१९ मा ४७ हजार ५ सय ४१ पुगेको थियो भने गरिबी दर पनि ५४ प्रतिशतबाट घटेर ३३ प्रतिशत कायम भएको तथ्यांक छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.