
काठमाडौं । बंगलादेशमा शुक्रबार बिहान गएको भूकम्पमा तीन जनाको मृत्यु हुनाको साथै १० जना घाइते भएका छन् ।
बिहान साढे १० बजेर ३८ मिनेटमा ढाकाबाट ३५ किलोमिटरको दूरीमा रहेको नरसिङदी शहरनजिकै केन्द्रविन्दू बनाएर ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण एउटा घरको इँटाको रेलिङ भत्कँदा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पका कारण कैयौं घरहरू क्षतिग्रस्त भएको र ढाकाका केही स्थानमा आगोसमेत लागेको जनाइएको छ । २६ सेकेन्डसम्म आएको भूकम्पको धक्का भारतको कोलकातासम्म महसुस गरिएको थियो । बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले प्रभावित क्षेत्रमा जान र क्षतिको मूल्यांकन गर्न सम्बद्ध विभागहरूलाई निर्देशन दिइएको जनाउनुभएको छ।