
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्ना उत्तराधिकारीको रूपमा युवालाई तयार पार्न लागिएको बताउनुभएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरिएको 'जेन-जीसँग नेपाली कम्युनिष्ट पार्टी' कार्यक्रममा बोल्दै संयोजक दाहालले वैचारिक, राजनीतिक र भावनात्मक रूपमा पार्टी नेतृत्व तयार पार्ने र नेतृत्व सुम्पिने वाचा गर्नुभएको हो । उहाँले यही निर्वाचनमा बढीभन्दा बढी उम्मेदवार युवा पुस्ताबाट बनाउने र पार्टीका संगठनमा समेत युवालाई जिम्मेवारी दिने बताउनुभयो ।
संयोजक दाहालले आफूले सडकदेखि सत्तासम्म भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने आवाज उठाए पनि नसुनिएको भन्दै जेन-जी युवाले आन्दोलन गरिदिएर आफूलाई उर्जा मिलेको दाबी गर्नुभयो ।