‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको खाँचो’

कार्तिक ३०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको खाँचो’

काठमाडौं । सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको खाँचो रहेको डेनिस शरणार्थी परिषद्ले जनाएको छ ।

सन् २०२३ अप्रिलमा युद्ध सुरू भएदेखि सुडानको सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफ बीचको युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ । द्वन्द्वका कारण करिब एक करोड २० लाख विस्थापित भएका छन् र सुडानमा विश्वको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ।

डेनिस शरणार्थी परिषद्का महासचिव चार्लोट स्लेन्टेले छिमेकी चाडको सीमावर्ती क्षेत्रको भ्रमणपछि तीन करोडभन्दा बढी मानिसहरूलाई मानवीय सहायताको आवश्यक रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई बताउनुभएको हो । विश्व बैंकका अनुसार सन् २०२४ मा सुडानको जनसङ्ख्या करिब पाँच करोड रहेको थियो ।

पछिल्लो समय भीषण लडाइँ भइरहेको सुडानको पश्चिमी डार्फर क्षेत्र चाडको सीमा क्षेत्रको स्थलगत भ्रमणपछि सहायता अधिकारीको यस्तो टिप्पणी आएको हो। हालैका साताहरूमा हिंसा नाटकीय रूपमा बढेको छ, आरएसएफले १८ महिनाको घेराबन्दी र अत्याचारको रिपोर्टहरू बढेपछि डार्फरमा सेनाको अन्तिम नियन्त्रण एल–फासरको प्रमुख सहर कब्जा गरेको छ।