कमला र सहजा नदीमा पुल नबनाएको भन्दै सिरहामा सरकारविरूद्ध मलामी जुलुस

कार्तिक ३०, २०८२ |विनय आजाद
कमला र सहजा नदीमा पुल नबनाएको भन्दै सिरहामा सरकारविरूद्ध मलामी जुलुस

सिरहा । मधेशको लाइफलाइन मानिने हुलाकी सडकअन्तर्गत कमला र सहजा नदीमा पुल नबनाएको भन्दै सिरहामा स्थानीयले सरकारविरूद्ध मलामी जुलुस निकालेका छन् । 

हुलाकी सडक संघर्ष समितिले आइतबार सिरहा सदरमुकाममा मलानी जुलुस निकालेको हो । कमला र सहजाको पुल नबन्दा स्थानीयले वर्षौंदेखि चरम सास्ती भोग्दै आएको भए पनि सरकार यसप्रति संवेदनशील र जिम्मेवार नदेखिएको उनीहरूको आरोप छ । 'हामीलाई सरकार बाँचेकै छ जस्तो लाग्न छाड्यो, त्यसैले सरकारको मलामी जुलुस निकालेका हौं,' संघर्ष समितिका संयोजक रामरिझन यादवले भन्नुभयाे ।

मलामी जुलुसका क्रममा प्रदर्शनकारी र आन्दोलनकारीबीच नोकझोकसमेत परेको थियो । आफूहरूको आवाजलाई सरकारले यस्तै गरट्ठ बेवास्ता गरिरहे चरणबद्ध निर्णायक संघर्षमा जान बाध्य हुने चेतावनी यादवले दिनुभयाे ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।