
काठमाडौं । भारतको काश्मीरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीमा भएको विस्फोटमा कम्तिमा नौ जनाको मृत्यु भएको छ ।
३१ जना घाइते भएका छन् । विस्फोटपछि प्रहरी चौकी र परिसरभित्र रहेका सवारीसाधनमा आगलागी भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, दिल्लीमा हालै भएको कार बम विस्फोटसम्बन्धी अनुसन्धानका क्रममा फरीदा-बादबाट ल्याइएका विस्फोटक सामग्री जाँच गर्ने क्रममा दुर्घटना भएको बताइए पनि प्रहरीले आधिकारिक पुष्टी गरेको छैन ।
मृतकमध्ये अधिकांश प्रहरी तथा फरेन्सिक टोलीका सदस्य रहेको जनाइएको छ । घटनापछि ठूलो सङ्ख्यामा दमकल र एम्बुलेन्स परिचालन गरी घाइतेहरूलाई नजिकका अस्पताल पुर्याइएको छ । यसअघि दिल्लीको लालकिल्ला नजिकै सोमबार भएको कार विस्फोटमा १३ जनाको मृत्यु भएको थियो ।