
विराटनगर । नेपाल प्रिमियम लिगमा सहभागी विराटनगर किंग्सलाई एभरेष्ट बैंकले प्रायोजन गर्ने भएको छ ।
विराटनगर किंग्सलाई प्रायोजन गर्ने विषयमा आइतबार विराटनगर किंग्स र एभरेष्ट बैंकबीच सम्झौता भएको हो । आइतबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विराटनगर किंग्सका बैंकटेस मुन्दडा र एभरेष्ट बैंकका प्रदेश प्रमुख सुधिर गौतमले टिमलाई प्रायोजन गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा विराटनगर किंग्सका पारस लुनियाँ र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । विराटनगर किंग्सले सह-प्रयोजन गर्ने सम्बन्धमा नेमाटो, पिएलओ, डेभिल्स, सिंगापुर ग्रुप, एमएम ग्रुप, सुबिसु र हुलास फुडसँग सम्झौता गरिसकेको छ ।