पाकिस्तानमा पक्राउ परेका अफगान नागरिकको संख्या उच्च रहेको राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीको भनाइ

अक्टोबरमा फिर्ती तथा निर्वासनको दर पनि तीव्र
कार्तिक २३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पाकिस्तानमा पक्राउ परेका अफगान नागरिकको संख्या उच्च रहेको राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीको भनाइ

काठमाडौं । पाकिस्तानमा पक्राउ परेका अफगान नागरिकको संख्या उच्च रहेको एक प्रतिवेदनले देखाएको छ । 

संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी युएनएचसीआर र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन-आइओएमको संयुक्त प्रतिवेदनअनुसार पाकिस्तानमा पक्राउ परी हिरासतमा लिइएका अफगान नागरिकहरूको सङ्ख्या एकै सातामा १४६ प्रतिशतले बढेको हो ।

अघिल्लो सातामा सात हजार ७ सय ६४ अफगान नागरिकहरूलाई पक्राउ गरी हिरासतमा लिइएको छ जुन अघिल्लो साताको तुलनामा उल्लेखनीय रूपमा ठुलो सङ्ख्या रहेको प्रतिवेदनले जनाएको छ । अक्टोबर २६ देखि नोभेम्बर-१ को बीचमा पक्राउ परेका अफगान नागरिक मध्ये कागजातविहीन अफगानहरू ७७ प्रतिशत थिए भने दर्ता प्रमाण पिओआर कार्ड भएका २३ प्रतिशत थिए । 

प्रतिवेदनले ८६ प्रतिशत पक्राउ र नजरबन्द बलुचिस्तानमा भएको उल्लेख गरेको छ । राष्ट्रव्यापी रूपमा सन् २०२५ जनवरी देखि नोभेम्बरको बीचमा चागी, अटक र क्वेटा जिल्लाहरू अधिकाशं अफगानहरूको पक्राउ गरिएको बताइएको छ । तथ्याङ्कले अक्टोबरको अन्तिम सातामा फिर्ती तथा निर्वासनको दर पनि तीव्र रूपमा बढेको उल्लेख गरेको छ । 

सन् २०२३ सेप्टेम्बर देखि सन् २०२५ नोभेम्बर सम्म, १६ लाख ६७ हजार ७१३ अफगानहरू अफगानिस्तान फर्केको जनाइएको छ ।