
काठमाडौं । देशका धेरै स्थानमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा समेत हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।