ट्रम्प र पुटिनबीच हंगेरीमा भेट्ने सहमति

आश्विन ३१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्प र पुटिनबीच हंगेरीमा भेट्ने सहमति

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच हंगेरीको बुडापेस्टमा भेट हुने भएको छ । 

युक्रेन युद्धको अन्त्यका लागि वार्ता गर्न पुटिनसँग बुडापेस्टमा भेट्न लागेको ट्रम्पले घोषणा गर्नु भएको हो । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा यो योजना सार्वजनिक गर्दै पुटिनसँगको लामो फोन वार्ता उपलब्धिपूर्ण भएको बताउनुभएको छ । 

उहाँले भेटमा रूस युक्रेन ‘अपमानजनक’ युद्धलाई अन्त्य गर्न प्रयास गरिने पनि बताउनुभएको छ । उहाँले त्यसअघि रूसी राष्ट्रपति जेलन्स्कीसँग पनि भेट्ने बताउनुभयो । ट्रम्पका अनुसार विदेश सचिव मार्को रूबियोको नेतृत्वमा उच्चस्तरीय अमेरिकी टोली रूसका अधिकारीसँग आगामी साता भेट्नेछ, त्यसपछि स्थान पछि तोकिनेछ। 

रूसको क्रेमलिनका सल्लाहकार युरी उशाकोभका अनुसार पुटिनले पनि यस भेटघाटको प्रस्तावलाई समर्थन गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा मध्यपूर्वमा शान्ति स्थापना र अमेरिकी-रूसी व्यापार सम्बन्ध लगायतका विषयमा पनि छलफल भएको बताउनुभएको छ ।