बङ्गलादेशको गार्मेन्ट कारखानामा आगलागी हुुदाँ १६ जनाको मृत्यु

आश्विन २९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
बङ्गलादेशको गार्मेन्ट कारखानामा आगलागी हुुदाँ १६ जनाको मृत्यु

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित मिरपुरको एउटा गार्मेन्ट कारखानामा भएको भिषण आगलागीमा १६ जनाको मृत्यु भएको छ ।

मिरपुरको चार तले भवनमा मंगलबार दिउँसो भएको आगलागीमा १६ जनाको मृत्यु भएको र मृतकको संख्या थप बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । कारखानामा लागेको आगोलाई ३ घण्टामा नियन्त्रणमा लिइए पनि रासायनिक पदार्थको भण्डार गरिएको नजिकैको भवनको आगो निभाउन भने समस्या भएको बताइएको छ । गार्मेन्ट कारखानाको तेस्रो तथा चौथो तलामा शव फेला परेका थिए ।

शव चिन्न नसकिने अवस्था रहेकाले डीएनए परीक्षण प्रक्रिया अघि बढ्ने अग्नि नियन्त्रण सेवाका निर्देशक तजुल इस्लाम चौधरीले जनाउनुभएको छ । कारखानाका सञ्चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले घटनाको अनुसन्धान गर्न र पीडित परिवारलाई राहत दिन निर्देशन दिनुभएको छ ।