यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ वैज्ञानिकलाई

आश्विन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ वैज्ञानिकलाई

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

नोबेल समितिले जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रब्सन र अमेरिकाका ओमार एम याघीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

उनीहरुलाई मेटल अर्गानिक फ्रेमवर्कको विकासमा दिएको योगदानका लागि पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ । उनीहरुले ग्यास तथा अन्य रसायनहरु सजिलै प्रवाह गर्न सक्ने खाली ठाउँ भएको अणु संरचना निर्माणमा योगदान गरेकामा पुरस्कार प्राप्न गरेका हुन् ।

पुरस्कृत कितागावा क्योटो युनिभर्सिटी, रब्सन युनिभर्सिटी अफ मेलबर्न र याघी युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.