काठमाडौं । सन् २०२३ को अक्टोबर ७ देखि गाजामा इजरायली आक्रमणमा मारिने प्यालेस्टिनी पत्रकारको सङ्ख्या दुई सय ५४ पुगेको छ ।
गाजाको सरकारी मिडिया कार्यालयले एक विज्ञप्ति जारी गर्दै पत्रकार सामी दाउद र याह्या मोहम्मद बर्जाक मारिएसँगै इजरायली युद्ध सुरू भएयता मारिने प्यालेस्टिनी पत्रकारको सङ्ख्या दुई सय ५४ पुगेको जनाएको हो ।
कार्यालयले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अरब पत्रकार महासङ्घ र विश्वभरिका सबै पत्रकार सङ्गठनहरूलाई गाजा पट्टीमा पत्रकार र मिडिया व्यवसायीहरू विरूद्धको यी आक्रमणको निन्दा गर्न आह्वान गरेको छ ।