विषाक्त खानाका कारण इण्डोनेसियामा १ हजारभन्दा बढ बालबालिका बिरामी

आश्विन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
विषाक्त खानाका कारण इण्डोनेसियामा १ हजारभन्दा बढ बालबालिका बिरामी

काठमाडौं । इण्डोनेसियामा निःशुल्क विद्यालय खाना कार्यक्रमअन्तर्गत वितरित खाना खाएका १ हजारभन्दा बढी बालबालिका बिरामी परेका छन् ।

यसैसाता पश्चिमी जाभा प्रान्तका ४ स्थानमा भएका घटनामा खाद्य विषाक्तताका कारण विद्यार्थीहरु बिरामी परेको गभर्नर डेडी मूल्यादीले जनााउनुभएको हो । सोमबार र बुधबारका बीच ११ सय ७१ जना बिरामी परेका छन् । गत साता पनि जाभा र सेन्ट्रल सुलावेसी प्रान्तमा ८ सय बालबालिका बिरामी भएका थिए । खानाका कारण बालबालिका बिरामी हुने क्रम बढेपछि यो कार्यक्रम नै बन्द गर्नुपर्ने माग तीब्र रुपमा उठे पनि सरकारले अस्वीकार गर्दै आएको छ । बालबालिकालाई खानामा सोया सस चिकेन, फ्राइड तोफु, तरकारी तथा फलफूल दिइएको थियो । जसमा सोया सस म्याद नाघेको पाइएको अधिकारीहरुले जनाएका छन् । खाना खाएका बालबालिकामा पेट तथा टाउको दुख्ने, बेहोस हुने तथा श्वास फेर्न समस्या हुनेजस्ता लक्षण देखिएका छन् ।

राष्ट्रपति प्रबोवो सुवियान्तोको महत्वाकांक्षी पोषणयुक्त खाना कार्यक्रमअन्तर्गत हाल २ करोड बालबालिका सहभागी थिए, जसलाई यसै वर्षको अन्त्यसम्ममा ८ करोड ३० लाख बालबालिकामा बिस्तार गर्ने लक्ष्य राखिएको थियो । यो कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएकोमा अर्को वर्ष दोब्बर बनाउने जनाइएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.