काठमाडौं म्याराथन कात्तिक १५ मा

आश्विन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं म्याराथन कात्तिक १५ मा

काठमाडौं । १७ औं संस्करणको काठमाडौं म्याराथन आगामी कात्तिक १५ गते हुने भएको छ । आयोजक एन-आर-एस स्पोर्ट्स फाउन्डेसनले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको औपचारिक मिति घोषणा गरेको हो ।

नेपाल फर नेपाली, रिलेसनसिप फरएभर भन्ने नारासहित हुने म्याराथन दशरथ रंगशालाबाट सुरु भई काठमाडौं, भक्तपुर र ललितपुर घुमेर सकिने छ ।

प्रतियोगितामा करिब पाँच हजार धावक सहभागी हुने अपेक्षा आयोजकको छ । विभिन्न १३ विधामा प्रतिस्पर्धा हुने म्याराथनमा करिब २ सय विदेशी धावक पनि सहभागी हुने काठमाडौं म्याराथनका संस्थापक निलेन्द्रराज श्रेष्ठले बताए ।

सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको यो म्याराथनले स्वास्थ्य सचेतना, खेल पर्यटन प्रवर्द्धन र नेपाली धावकलाई अन्तर्राष्ट्रियस्तरमा अघि बढाउने लक्ष्य राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.