काठमाडौं । अखिल नेपाल फुटबल संघ -एन्फाले राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ ।
एन्फाले सामाजिक सञ्जाल मार्फत् न्यौपानेलाई महिला टिमको प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको हो । एन्फा कम्प्लेक्समा आज महासचिव किरण राईले न्यौपानेलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । उनलाई २०२६ को साफ महिला च्याम्पियनसिपसम्मका लागि महिला टिमको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ ।
न्यौपानको सहयोगीको रुपमा सहायक प्रशिक्षकमा भगवती खत्री र राजकुमार केसीलाई नियुक्त गरिएको छ ।
टोली व्यवस्थापक, फिजियो थेरापिस्ट र किट व्यवस्थापकको जिम्मेवारीमा भने कुनै परिवर्तन गरिएको छैन ।
यसअघि, एएफसी एसियन कप छनोटका दौरान एन्फा र तत्कालिन मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डबीचको विवाद बाहिरिएपछि डे वाइल्डले जिम्मेवारीबाट राजीनामा दिएका थिए ।