काठमाडौं । अमेरिका-क्यानडा सीमामा अवस्थित नायाग्रा फल्सबाट करिब ४० मील टाढा एक पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
न्युयोर्क प्रहरीले जनाएअनुसार, पर्यटककाे समूह नायाग्रा फल्सबाट न्युयोर्क शहर फर्कँदै गर्दा बस दुर्घटनाग्रस्त भएको हो। प्रत्यक्षदर्शीका अनुसार, बस अनियन्त्रित्र भएर पल्टिएको थियो।
प्रहरीका अनुसार, अधिकांश पीडित भारत, चीन र फिलिपिन्सका पर्यटक हुन्। न्युयोर्ककी गभर्नर क्याथी होचुलले स्थानीय अधिकारीहरू यसमा संलग्न सबैलाई उद्धार गर्न तथा आवश्यक सहयोग पुर्याउन सक्रिय रहेको बताउनुभयो।
बफेलो शहरबाट ४८ किलोमिटर पूर्व पेम्ब्रोक नजिकैको दुर्घटना स्थलमा एम्बुलेन्स र मेडिकल हेलिकप्टर पठाइएको छ। प्रहरीका अनुसार, दुर्घटनाको समयमा बसमा एकदेखि ७४ वर्ष उमेर समूहका ५४ जना सवार थिए।
केही यात्रु बसबाट बाहिरै छिट्टिएका थिए भने अधिकांशले सिटबेल्ट नलगाएको आशंका गरिएको छ।