नेतन्याहुद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

असार २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
नेतन्याहुद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार राति अमेरिकी पूर्व राष्ट्रपति डनल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्नुभएकाे छ। नेतन्याहुले ट्रम्पसँगको भेटमा यो सम्मानका लागि 'उचित रूपमा योग्य' भएको बताउनभएकाे छ।

ट्रम्पले आफूलाई सधैं 'शान्तिका दुत'को रूपमा वर्णन गर्दै आउनुभएकाे छ भने नोबेल पुरस्कारप्रति आफ्नो चाहना खुलस्त रूपमा व्यक्त गर्दै आउनुभएकाे छ।

पत्रकारहरूसामु बोल्दै ट्रम्पले नेतन्याहुबाट यस्तो कुरा सुन्नु निकै अर्थपूर्ण रहेको भन्दै धन्यवाद दिनुभयाे । सोमबार, ट्रम्पले हालैका अमेरिकी हवाई आक्रमणपछि इरानका अधिकारीहरूबाट वार्ताको प्रस्ताव आएको पुष्टि गर्नुभएकाे छ।

उहाँको साथमा बसेका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफले वार्ता सम्भवतः एक हप्ताभित्रै हुनसक्ने बताउनुभएकाे हाे ।