अमेरिकाको टेक्सासमा भीषण बाढीका कारण २४ जनाको मृत्यु

२५ जनाभन्दा बढी बालिका बेपत्ता
२ सय ३७ जनाको उद्धार
असार २१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
 अमेरिकाको टेक्सासमा भीषण बाढीका कारण २४ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेक्सासमा लगातारको भीषण वर्षापछि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी बालिका बेपत्ता भएका छन् । बाढीका कारण नदी आसपासका बस्तीहरू र बालबालिकाका ग्रीष्मकालीन क्याम्पहरू प्रभावित भएका छन् ।

४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढेपछि विनाशकारी बाढी आएको अधिकारीहरूले बताएका छन् । आफन्तसँग सम्पर्क हुन नसकेका धेरै मानिसले सामाजिक सञ्जालमार्फत सहयोग गुहारेका छन् ।

टेक्सासका उपगभर्नर ड्यान प्याट्रिकले बाढी प्रभावित क्षेत्रमा व्यापक खोजी अभियान चलिरहेको बताउनुभएको छ ।

उक्त अभियानमा १४ वटा हेलिकोप्टर, १२ ड्रोन, ९ वटा उद्धार टोलीसहित करिब ५०० जना खटिएका छन् । यस्तै २३७ जनालाई उद्धार गरिएको जनाइएको छ ।

बाढीका कारण आज टेक्सासभरका स्वतन्त्रता दिवस कार्यक्रमहरू रद्द गरिएको जनाइएको छ ।