युरेनियम प्रशोधन क्षमतामा कुनै सम्झौता नगर्ने इरानको अडान, इजरायली आक्रमण जारी रहँदासम्म वार्ता नगर्ने

तेहरानविरूद्धको युद्ध दीर्घकालीन हुने इजरायलको चेतावनी
असार ७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
युरेनियम प्रशोधन क्षमतामा कुनै सम्झौता नगर्ने इरानको अडान, इजरायली आक्रमण जारी रहँदासम्म वार्ता नगर्ने

काठमाडौं । इरानले इजरायली आक्रमण जारी रहँदा आफ्नो आणविक कार्यक्रमबारे कुनै पनि वार्ता नगर्ने स्पष्ट पारेको छ। इजरायलका रक्षा मन्त्रीले इरानसँगको युद्ध दीर्घकालीन हुने चेतावनी दिएका केही घण्टापछि इरानको यो प्रतिक्रिया आएको हो।

शुक्रबार इरानले उत्तर इजरायलमा क्षेप्यास्त्रको वर्षा गर्‍यो भने इजरायली सेनाले इरानका दर्जनौं स्थानहरूमा हवाई आक्रमण गर्‍यो। इरानी कूटनीतिज्ञ अब्बास अऱाघ्चीले भने इजरायली आक्रमण रोकिए मात्र कूटनीतिक वार्ताको विकल्प खोलिने बताउनुभया । 

उहाँले इरानको आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै इजरायलका आक्रमणहरू अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताउनुभयाे। 

इरानले आफूलाई बचाउने वैधानिक अधिकार प्रयोग गरिरहने स्पष्ट पारे। अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भने इरानले अमेरिकी हवाई कारबाहीबाट बच्नको लागि अधिक्तम दुई हप्ता समय रहेको चेतावनी दिनुभएकाे छ। 

ट्रम्पले बिहीबार दिएको १४ दिने समयसीमा भित्रै निर्णय लिन सक्ने संकेत गरेका छन्। शुक्रबार जेनेभामा इरानी र युरोपेली अधिकारीबीच वार्ता भयो। एक इरानी स्रोतका अनुसार वार्ता सुरूमा तङ्गरिएको भए पनि पछि सकारात्मक भएको थियो। यद्यपि, इरानले युरेनियम प्रशोधन क्षमतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ । 

जुन उसले ‘गम्भीर रातो रेखा’ भनेको छ। इरान र इजरायलबीचको यो संघर्ष अझै चर्किंदै जाँदा, क्षेत्रीय स्थिरता र कूटनीतिक पहलहरूमा ठूलो चुनौती देखिएको छ।