काठमाडौं । अमेरिकामा आजदेखि नयाँ भिसा प्रतिबन्ध नीति लागू हुँदैछ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले जुन ४ मा जारी गरेको कार्यकारी आदेश आजदेखि कार्यान्वयनमा आउन लागेको हो ।
ट्रम्पको आदेशअनुसार अफगानिस्तान, इरान, सोमालिया, यमन, लिबिया, सुडान, हाइटी, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी र इरित्रिया लगायतका १२ राष्ट्रका नागरिकलाई अमेरिकी भिसा आवेदनमा पूर्ण प्रतिबन्ध लगाइँदै छ ।
यसका अतिरिक्त बुरुन्डी, क्युबा, भेनेजुएला, लाओस, सिएरा लियोन, टोगो, तुर्किमेनिस्तान र भेनेजुएलाका नागरिकहरूको भिसा आवेदनमा आंशिक प्रतिबन्ध लगाइँदै छ ।
राष्ट्रपति ट्रम्पले यो निर्णय विदेशी आतंकवादी र अन्य सुरक्षा खतराहरूबाट देशलाई जोगाउन आवश्यक भएको बताउँदै आउनुभएको छ । त्यसअघि जारी गरिएका भिसा भने खारेज नहुने ट्रम्प प्रशासनले प्रस्ट पारेको छ ।