काठमाडौं । खाद्य सहयता लिने क्रममा गाजामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन। हजारौं भोकभोकै रहेका प्यालेस्टिनीहरूले खाना प्राप्त गर्न अमेरिकी समर्थन प्राप्त र इजरायलद्वारा समर्थन गरिएको विवादास्पद सहायता संस्था गाजा ह्युम्यानिटेरियन फाउन्डेसनतर्फ धाउँदा तीनको मृत्युभएको हाे ।
केही मानिस अझै हराइरहेका छन। दक्षिणी गाजाको रफाह क्षेत्रमा मध्यदिनको गर्मीमा, फाउन्डेसनले राहत वितरण कार्यक्रम राखेका थिए ।प्रत्यक्षदर्शीहरूकाअनुसार भिड अराजकता भएकाे गाेली चलेकाे र माथिबाट इजरायली हेलिकप्टरहरूको घुमिरहेका थिए ।
गाजाका अधिकारीहरूका अनुसार यो भागदौड इजरायली हवाई आक्रमण र भोकमरीको संकटको बीचमा भएको थियो । जुन तीन महिनादेखिको इजरायली नाकाबन्दीका कारण झनै गम्भीर भएको छ।
इजरायली सेनाले उनीहरूले सीधै भीडमाथि गोली नचलाएको, केवल चेतावनी स्वरूप बाह्य क्षेत्रमा गोली हानेको दाबी गर्दै अब अवस्था नियन्त्रणमा आइसकेको र राहत वितरण जारी रहने बताएको छ।
तर संयुक्त राष्ट्रसंघ र प्रमुख मानवअधिकार समूहहरू सहितका आलोचकहरूले फाउन्डेसनको वैधता र क्षमतामाथि प्रश्न उठाउँदै यसले अनुभवको अभावमा अझ बढी मानिसहरूलाई स्थानान्तरण गर्न बाध्य पार्न सक्ने चेतावनी दिएका छन। यो घटनाले गाजाको भयावह स्थितिलाई उजागर पारेकाे छ।