काठमाडौं । फिनल्यान्डमा दुई हेलिकोप्टर एकापसमा जुध्दा पाँच जनाको मृत्यु भएको छ । पश्चिमी फिनल्यान्डमा आकाशमै दुई निजी हेलिकोप्टर ठोक्किँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको हो ।
जर्मनीको अन्तर्राष्ट्रिय समाचार संस्था डीडब्ल्यूका अनुसार एउटा हेलिकोप्टरमा तीन जना र अर्कोमा दुई जना सवार थिए । शनिबार भएको उक्त दुर्घटनामा मृत्यु भएकाहरू सबै इस्टोनियाका व्यापारी रहेको बताइएको छ ।