काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिज दोस्रो कार्यकालका निर्वाचित हुनुभएको छ । आज सम्पन्न आम निर्वाचनमा अल्बानिज नेतृत्वको लेबर पार्टीले जित हासिल गरेको हो ।
बहुमतसहित जित हासिल गरेसँगै अल्बानिजले जनतलाई धन्यवाद दिँदै विश्व चुनौति र अस्ट्रेलियाको भविष्यको निम्ति आफ्नो पार्टीलाई मत दिएको भन्दै आभार व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री अल्बानिजका प्रतिद्वन्द्वी तथा लिबरल पार्टीका नेता पीटर डटनले भने आफ्नो निर्वाचन क्षेत्रमै हार व्यहोर्नु भएको छ । ६२ वर्षीय अल्बानिज भने सन २०२२ देखि प्रधानमन्त्रीको पदमा रहँदै आउनुभएको छ ।
यस पटककको निर्वाचनमा जिविकोपार्जन, स्वास्थ्य सेवा र महँगो हाउजिङको विषय मुख्य मुद्दा बनेको थियो भने अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको अस्थिर कूटनीतिप्रति चिन्ताका कारण मतदाताहरूमा परिवर्तनको चाहनामा केही कमी आएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।