नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा मालवाहक ट्रकको ठक्करबाट दुई वटा होटलमा क्षति पुगेको छ । विनय त्रिवेणी गाउँपालिका-२ दाउन्ने बजारमा ना५ख ८६७१ नम्बरको मार्बल बोकेको ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको हो ।
दुर्घटनामा बिनानाथ पाध्यले सञ्चालन गरेको धौलागिरि होटल एन्ड लज पूर्णरूपमा भत्किएको र पवन लम्सालले सञ्चालन गर्दै आएको पवन होटलमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।
बिहान ८ बजे भएको दुर्घटनामा होटलमा ग्राहक नभएको र सञ्चालक भागेर ज्यान जोगाएका थिए । ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले लिएको छ ।