अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दु:ख व्यक्त
चैत्र २९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको न्यूयोर्कको हड्सन नदीमा बिहीबार एक स्पेनी पर्यटकहरू चढेको हेलिकप्टर दुर्घटना हुँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ। मर्नेमा एकै परिवारका पाँच जना छन् ।

दुर्घटनाको समयमा हेलिकप्टरमा तीन बालबालिका पनि सवार थिए। तीमध्ये पाँच जना स्पेनका नागरिक थिए भने छैटौं व्यक्ति हेलिकप्टरका पाइलट थिए ।

मृतकहरूको पहिचान परिवारलाई जानकारी दिएपछि मात्र सार्वजनिक गरिने अधिकारीहरूले जनाएका छन्। दुर्घटनाको कारणको अनुसन्धान भइरहेको छ। अधिकारीहरूका अनुसार हेलिकप्टरले जोर्ज वाशिङ्टन ब्रिजबाट मोडिएर न्यु जर्सीको किनारतर्फ जाँदा नियन्त्रण गुमाएको थियो।

दुर्घटना स्थलमा पुगेका उद्दारकर्मीहरूले पानीमा खोजी कार्य सुरू गर्दै तत्कालै जीवनरक्षा उपायहरू अपनाएका थिए । तर ती प्रयासहरू असफल भए।

चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थान म्यानह्याटनको पश्चिमपट्टि पर्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा पोस्ट गर्दै यस दुर्घटनालाई “भयानक” भन्दै टिप्पणी गर्नुभएको छ ।