भूमध्यसागरको किनार हुँदै युरोप छिर्न खोज्ने ३ सय आप्रवासी लिबियाली सेनाको नियन्त्रणमा

मंसिर ११, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
भूमध्यसागरको किनार हुँदै युरोप छिर्न खोज्ने ३ सय आप्रवासी लिबियाली सेनाको नियन्त्रणमा

काठमाडौं । लिबियाली सैन्य बलले मरुभूमि पार गरेर भूमध्यसागरको किनारमा पुग्न खोजिरहेका तीन सय आप्रवासीहरूलाई हिरासतमा लिएको जनाएको छ ।

राजधानी त्रिपोलीस्थित लिबियाली सेनाको अधीनमा रहेको ४ सय ४४ ब्रिगेडले आफ्नो फेसबुक पेजमार्फत तस्बिर सेयर गर्दै उक्त विषयको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्रिगेडले सेयर गरेको तस्विरमा पुरुष, महिला र बालबालिकाहरूलाई सेनाले घेरेको र भुइँमा बसाएको देखाइएको छ ।

भूमध्यसागरको किनारमा पुग्न खोजिरहेका तीन सय आप्रवासीहरूलाई मरुभूमिमा गस्ती गरिरहेका ब्रिगेडद्वारा रोकिएको र उनीहरुलाई अधिकारीहरूसमक्ष पठाइने ब्रिगेडले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएको रोटयर्सले जनाएको छ । उनीहरुलाई कहिले हिरासतमा लिइएको हो भन्ने अहिलेसम्म खुलेको छैन ।

सन् २०११ मा मुअम्मर गद्दाफीविरुद्ध नर्थ एटलान्टिक सन्धी संगठन–नेटो समर्थित विद्रोहपछि लिबियामा केही शान्ति भएको छ । लिबिया सन् २०१४ मा पश्चिमी र पूर्वी गुटहरू बीच विभाजित भएको थियो । मुलुक विभाजित भएपछि प्रतिद्वन्द्वी प्रशासनहरू त्रिपोली र बेनघाजीबाट शासन अहिले सञ्चालन भइरहेका छन् ।

लिबिया अफ्रिका, मध्यपूर्वका केही भागहरू र अन्य क्षेत्रहरूमा द्वन्द्व र गरिबीबाट भागेर भूमध्यसागर पार गर्ने आशामा हजारौं आप्रवासीहरूका लागि प्रमुख मार्ग भएको छ । आप्रवासीहरु भूमध्यसागर पार गरेर युरोप भित्रिन प्रयासरत हुन्छन् ।



Enter Kantipur TV HD
Advertisement