गाजामा मानवीय सहायताको पहुँच बढाउन इजरायली प्रधानमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको दबाब

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजामा मानवीय सहायताको पहुँच बढाउन इजरायली प्रधानमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको दबाब

काठमाडौं । गाजामा युद्धविराम र बन्धक रिहाइको पहल गर्न इजरायल पुग्नुभएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मानवीय सहायता बढाउन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई दबाब दिनुभएको छ ।

मध्यपूर्वमा द्वन्द्व भड्किरहेको बेला भएको दुई नेताबीच भएको करिब साढे दुई घण्टा वार्तामा गाजामा नागरिकहरुलाई बढी मानवीय सहायताको आवश्यकताबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै गाजाका नागरिकहरुलाई मानवीय सहायताको पहुँच बढाउन समेत छलफल भएको छ ।

अमेरिकी विदेशमन्त्रीले गाजामा युद्ध विराम अर्थात् पोस्ट वार पछिको योजानाका विषयमा नेतन्याहूसँग ठोस छलफल गर्नुभएको बताइएको छ । गत वर्षको अक्टोबर ७ देखि इजरायल र हमासबीच युद्ध सुरु भएयता मध्यपूर्वमा ब्लिन्केनको यो एघारौं भ्रमण हो ।

ब्लिन्केन इजरायलमा रहँदा इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण जारी राखेको छ । इजरायली सेनाको पछिल्लो आक्रमण कम्तिमा १० जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता रहेको बताइएको छ ।

यसैबीच इजरायली डिफेन्स फोर्स-आइडीएफले हिजुबुल्लाह प्रमुखका हसन नसरुल्लाहका उत्तराधिकारी हासेम सफिद्दिन मारिएको पुष्टि गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.