उत्तरी गाजामा भएको इजरायली हमलामा ७३ जनाको मृत्यु

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
उत्तरी गाजामा भएको इजरायली हमलामा ७३ जनाको मृत्यु

काठमाडौं । उत्तरी गाजाको बेत लाहिया सहरमा इजरायली हमलामा महिला र बालबालिकासहित कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको हमासका अधिकारीहरूले बताएका छन्।

शनिबार राति भएको बम विष्फोटपछि दर्जनौं घाइते भएका र अझै पनि धेरै मानिस भग्नावशेषमुनि फसेका उनीहरुले बताए । तर इजरायलले भने हमास अधिकारीहरू सार्वजनिक गरेका तथ्याङ्कहरु सत्य नभएको जनाएकव छ ।

बेत लाहिया शहरको इन्डोनेसियाली अस्पतालमा इजरायली सेनाबाट "भारी बन्दुकको गोली चलेको" रिपोर्ट आएको केही घण्टापछि हमलाहरू भएको बताइएको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले भने, यस क्षेत्रमा सञ्चार र इन्टरनेट सेवाहरू अवरुद्ध भएका कारण उद्धारमा अवरोध भइरहेको बताएका छन्।

यसैबीच समग्र गाजामा मानवीय सहायता घटेको इजरायलको आफ्नै तथ्याङ्कले देखाउँछ। तर जरायलले गाजामा मानवीय सहायतालाई प्रवेश गर्न रोक नलगाएको दावी गर्दै आएको छ ।

यता, इजरायलले शनिबार बेरुतमा कम्तिमा एक दर्जन हवाई हमला गरेको छ । लेबनानको राजधानीमा एक हप्ताभन्दा बढी अवधिमा भएको यो सबैभन्दा ठूलो हमला हो। हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट प्रहार जारी राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.